गठबन्धनका उम्मेदवार भन्छन, पहिलो प्राथमिकतामा कृषि सडक

पाेखरा | कात्तिक २६, २०७९

गठबन्धनका उम्मेदवार भन्छन, पहिलो प्राथमिकतामा कृषि सडक

 

पोखरा: कास्की निर्वाचन क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका साझा उ्रम्मेदवारले पहिलो प्राथमिकतामा कृषि सडक राखिएको बताएका छन् । शनिवार विहान मतदातासँग भेट्दै उनीहरुले अधिकाशं मतदाता कृषिमा नै आत्मर्निभर भएकाले उनीहरुको आवश्यकता कृषि सडक रहेको बताए । सडक लगायत भौतिक पूर्वाधारमा काम गरिए पनि जनतालाई राहात पुग्ने गरि कृषि सडक भने नभइसकेको उनीहरुले बताएका थिए ।


आगामी दिनमा कृषि सडक बनाउनका लागि गठबन्धनका सवै उम्मेदवारलाई जिताएर पठाउन मतदातालाई आग्रह गरेका छन् । चालु आर्थिक वर्षमा पाँच दलिय गठबन्धनको सरकारले बजेट ल्याउँदा पनि कृषि सडकलाई नै प्राथमिकता दिएको बताउँदै उनीहरुले अवका दिनमा पनि तिनै योजना पुरा गर्ने गरि काम गर्ने बताएका थिए । कास्की २ का प्रतिनिधिसभामा उम्मेदवार नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले गठबन्धनका सवै जना एकै ठाउँमा उभिएर जनताको समाजसेवामा खटिने बताए । ‘तपाईहरुको संरक्षण गर्ने जिम्मा हाम्रो हो’ उनले भने, ‘हामी पाँच दलिय गठबन्धन भएर निर्वाचनमा होमिएका छौ । संघ र प्रदेशमा जिताउँनुस महानगर त हाम्रै छ । तपाईहरुको समस्या तीनै तहवाट सम्बोध हुनेछ ।’


कास्की २ को २ मा उम्मेदवार काँग्रेस नेता विन्दुकुमार थापाले विकासका लागि सांसद विकास कोषको रकमले मात्र सम्भवन नहुने बताए । यसका लागि विकासे मन्त्रालयमै जिम्मेवारी लिनुपर्ने तर्क उनको थियो । ‘अहिले विकास गर्नै नसकिने मन्त्रालयको जिम्मेवारी समालेको छु’ उनले भने ‘चाहेर पनि केही गर्न सकिन ।’ कृषि सडकसँगै एक घर एक धारा, खानेपानीको मुहान संरक्षणका योजनालाई पनि प्राथमिकतामा राखिने उनले बताए । बहुवर्षे योजना बनाएर नै कार्यान्वयन गरिने उनको भनाई छ । उनले मतदातालाई विकासका लागि पनि गठबन्धनलाई भोट दिन आग्रह गरे । गठबन्धनले नै स्थानीयको पिरमर्कालाई बुझ्ने र समाधान गर्ने हुँदा विकासका आयामका लागि मत दिन आग्रह गरेका हुन् । ‘पोखरा ११ मा सडक, सिँचाई, सामाजिक भवन, शिक्षा, स्वास्थ्य र रोजगारीका थुप्रै समस्या छन् । जसमा केही काम हिजो पनि गरियो । अब पनि यहाँहरुले निर्वाचित गराउनुभयो भने गठबन्धन सरकारले नै विकास दिनेछ’ उनले भने । बास खोला नियन्त्रण गर्दै बस्ती सुरक्षाका लागि समेत आवश्यक पहलकदमी गरिएको र संरक्षणमा लाग्ने प्रतिबद्धता उनको छ ।


विकासका लागि पार्टी भन्दा माथी उठेर काम गरिने कास्की २ को १ का साझा उम्मेदवार माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने बताउँछन् । उनले पोखरामा विकासका कस्ता मोडल आवश्यक छ भन्ने पनि आइडिया भएकाले निर्वाचित भएपछि नै सुरुवात गर्न सकिने बताए । पोखरा–१७ का मतदातासँग शनिवार विहान भेट्दै उनले आर्थिक सामाजिक परिवर्तन अहिलेको आवश्यकता रहेको बताए । स्थानीयले विश्वप्रकाश जस्तै दुख सुखमा भेटिने ईमानदार नेताको खाँचो रहेको बताएका थिए । ‘उहाँलाई देशले मागेको छ’ स्थानीय भन्छन, ‘विकासको योजना भएका विश्वप्रकाशलाई हामी जसरी पनि जिताउँछौ ।’ संघिय उम्मेदवार बरालले गण्डकी प्रदेशको राजधानी पोखरा भएकाले यहाँ सवैको प्राथमिकता पर्ने बताए । संघियता बचाउनको लागि बाम लोकतान्त्रिक गठबन्धन एकै ठाउँमा उभिएकाले विकास पनि एक भएर लाग्ने उनले प्रतिबद्धता गरे ।

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्